काठमाडौं । नाबालिगलाई आर्थिक प्रलोभनमा पारेर अवैध रूपमा डिम्ब झिकेको आरोपमा अनुसन्धानमा रहेकी प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. नुतन शर्माले सञ्चालन गर्दै आएको भनिएको बीएन्डबी आईभीएफ एन्ड इन्स्टिच्युट सेन्टर नै सम्बन्धित निकायमा दर्ता नरहेको पाइएको छ । स्वास्थ्य मन्त्रालयमा सेन्टर सञ्चालनका लागि अनुमति माग्दै निवेदन दिएको देखिए पनि हालसम्म त्यसले आईभीएफ सेवा सञ्चालनका लागि आवश्यक