मकैबारीमा जंगली हात्तीको गहिरो निन्द्राः सुरक्षाको अनुभूतिले पहरेदारबिनै सुते

  • सोमबार १ भौ २०८३ ०५:०७ AM
एजेन्सी । दक्षिण–पश्चिम चीनको एक मकैबारीमा सातवटा जंगली एशियाली हात्तीहरू गहिरो निन्द्रामा सुतेको दुर्लभ दृश्य देखिएको छ । स्थानीय वन्यजन्तु अनुगमनकर्ताहरूकाअनुसार सामान्यतया हात्तीको बथान सुत्दा सुरक्षाका लागि केही सदस्यहरूलाई पहरेदारको रूपमा खटाउने गरिन्छ । तर, यस पटक भने बथानका सबै सातै वटा हात्तीहरू सँगै निदाएका थिए । विज्ञहरूकाअनुसार हात्तीहरू यसरी सामूहिक रूपमा गहिरो निद्रामा पर्नुले