काठमाडौं । नेपाल आयल निगमले आजदेखि सम्बन्धित ग्यास उद्योगद्वारा नियुक्त गरिएका बिक्रेताबाट नियमित प्रक्रिया अनुसार ग्यास बिक्री वितरणको व्यवस्था मिलाइएको जनाएको छ । निगमले एक सूचना जारी गर्दै आफूलाई पायक पर्ने बिक्रेता कहाँ सम्पर्क गरी ग्यास खरिद गर्न उपभोक्तालाई आग्रह गरेको हो । निगमले ग्यास वितरणलाई व्यवस्थित बनाउन दैनिक बिक्री गर्ने बिक्रेता तथा वितरकको नाम, ठेगाना, सम्पर्क नम्बर र सिलिन्डर संख्यासहितको विवरण प्रत्येक दिन बिहान ९ बजेभित्र उपलब्ध गराउन उद्योगीलाई निर्देशन दिएको जनाएको छ। ग्यास बिक्रेता तथा वितरकले बिक्री गरेको ग्यासको परिमाण, उपभोक्ताको नाम र सम्पर्क नम्बरसहितको विवरण दैनिक रूपमा तयार पारी ... The post आजदेखि आफूलाई पायक पर्ने बिक्रेताबाट ग्यास खरिद गर्न निगमको आग्रह appeared first on Kalika Khabar.