काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमाले कायर पार्टी नभएको भन्दै उच्च मनोबलका साथ एकताबद्ध हुन पार्टीका नेता–कार्यकर्तालाई आह्वान गरेका छन् । झापामा आयोजित ‘मिसन पार्टी जागरण’ अभियानको शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पार्टीको अस्तित्व नै नेता–कार्यकर्तामा निर्भर रहेको बताएका हुन् । उनले संकटका बेला पार्टीभित्रै एकले अर्काको खुट्टा तान्ने प्रवृत्तिले