दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउन पेन्टागनलाई ट्रम्पकाे निर्देशन

  • सोमबार १ भौ २०८३ ०९:०१ AM
वासिङ्टन : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार पेन्टागनलाई दक्षिण कोरियासँग सुरु हुन लागेको १० दिने संयुक्त सैन्य अभ्यास घटाउन निर्देशन दिएका छन्। उनले सैन्य अभ्यासको उच्च खर्च र इरानविरुद्धको अमेरिकी कदममा सोल (दक्षिण कोरिया) ले सहभागी हुन अस्वीकार गरेको विषयलाई यसको मुख्य कारण बताएका छन्।सैन्य अभ्यास सुरु हुनुभन्दा केही घण्टा अघि आफ्नो सामाजिक सञ्जाल 'ट्रुथ सोसल' मा लेख्दै ट्रम्पले अभ्यास पूर्ण रूपमा रद्द गर्न ढिला भइसकेको भए पनि यसअघि अमेरिका सहभागी हुन सहमत भएकोमा आफू 'खुस