एन्टाल्या कोप–३१ मा नेपालको सबाल : हिमालदेखि जलवायु वित्तसम्म

  • सोमबार १ भौ २०८३ ०९:०१ AM
काठमाडौं : जलवायु परिवर्तनका कारण हिमालदेखि तराईसम्म बढ्दो जोखिम सामना गरिरहेको नेपालले आगामी संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप–३१) मा पर्वतीय मुद्दा, जलवायु वित्त र अनुकूलनलाई प्रमुखताका साथ उठाउने तयारी गरेको छ। तर, हरेक वर्ष उस्तै प्रकृतिका मुद्दा उठाउँदै आएको नेपालले यसपटक भने अन्तर्राष्ट्रिय प्रतिबद्धतालाई ठोस उपलब्धिमा बदल्ने चुनौती सामना गर्नुपर्नेछ।आगामी कात्तिक २४ देखि मंसिर ५ (नोभेम्बर ९–२०) सम्म टर्कीको एन्टाल्यामा कोप–३१ आयोजना हुँदैछ। सम्मेलनको तयारीसँग