तेहरान : इरानी सेनाले अमेरिकी सैनिकलाई मार्ने वा समात्ने व्यक्तिलाई ३० हजार डलरबराबरको इनाम दिने घोषणा गरेको छ। यदि यो कार्य कुनै महिलाले गरेमा इनाम रकम दोब्बर हुने इरानी सेनाले आइतबार बताएको छ।इरानी समाचार संस्था ‘इर्ना’ले इरानी सेना प्रमुख अमिर हातमीलाई उद्धृत गर्दै लेखेको छ, ‘आर्थिक सहयोगमा सहभागी हुन चाहने ठूलो संख्याको अनुरोध’ आएपछि यो योजना तयार पारिएको हो।मध्यपूर्व युद्धका क्रममा इरानमा अमेरिकी स्थल सेना तैनाथ भएको कुनै जानकारी छैन। अपवादका रूपमा अप्रिलमा दुर्