जो आए पनि ‘कानै चिरेका’

  • सोमबार १ भौ २०८३ ०९:०१ AM
काठमाडौं : रास्वपाका वरिष्ठ नेता बालेन (वालेन्द्र) शाह नेतृत्वको सरकार गठन भएको साढे ४ महिना पुगेको छ। तर, जनताले आधारभूत सेवा सुविधाकै लागि सास्ती बेहोर्नु परिरहेको छ। अरू त अरू, एक थान एलपी ग्यासको सिलिन्डर हात पार्न ‘ठूलै युद्ध’ लड्नुपर्ने अवस्था छ। जबकि, रास्वपाले सरकार गठन लगत्तै जनताले ‘अनलाइन’ मार्फत आधारभूत सेवा, सुविधा पाउने उद्घोष गरेको थियो। तर, उसको यो प्रतिबद्धता केवल चुनावी नारा जस्तैमात्र देखिएको छ। यो बेला सत्तापक्षलाई घच्घच्याउनुपर्ने विपक्षी दल