देउवाकै नेतृत्वमा महाधिवेशन

  • सोमबार १ भौ २०८३ ०९:०१ AM
काठमाडौं : कांग्रेसको संस्थापनइतर समूहले शेरबहादुर देउवालाई पार्टी ‘सभापति’ को मान्यता दिँदै उनकै नेतृत्वमा १५औं महाधिवेशन गर्ने निर्णय गरेको छ।विशेष महाधिवेशनमा भाग नलिएको देउवा समूहले १४औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिकै निर्णय र आयोजनामा १५औं महाधिवेशन गर्ने निर्णय गरेको हो। यद्यपि, विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको संस्थापन पक्षले १६ देखि १९ असोजमा १५औं महाधिवेशन आह्वान गरिसकेको छ। उपचार गरेर स्वदेश फर्केका देउवाको नेतृत्वमा भएको राष्ट्रिय सम