एमालेमा रूपान्तरणको लफडा

  • सोमबार १ भौ २०८३ ०९:०१ AM
अध्यक्ष केपी शर्मा ओलीले पार्टी नेतृत्व नछोड्ने स्पष्ट धारणा सार्वजनिक गरेपछि एमालेमा नेतृत्व रूपान्तरणको बहस फेरि चर्केको छ। गृह जिल्ला झापा पुगेका ओलीले ‘आफूलाई पद छोड्न माग गर्ने’ नेतामाथि उल्टै कारबाही गर्ने चेतावनी दिएका छन्।एमालेमा उपाध्यक्ष विष्णुप्रसाद पौडेल, महासचिव शंकर पोखरेल, उपमहासचिव योगेश भट्टराईलगायतका नेताहरू ‘ओलीले नेतृत्व छोडेर पार्टी नेतृत्व रूपान्तरण गर्नुपर्ने’ माग गर्दै आएका छन्। उनीहरूकै मागअनुसार सचिवालय बैठकले उपाध्यक्ष रामबहादुर थापाको संयोजकत्व