काठमाडौं : वैदेशिक रोजगार व्यवसायमा संलग्न देशैभरका कार्यालयहरू आजै (सोमबार)बाट अनिश्चितकालका लागि बन्द हँुदैछन्। नेपाल वैदेशिक रोजगार व्यवसायी संघले आफ्ना मागहरूको सुनुवाइ नभएको भन्दै सोमबारदेखि देशैभरका कार्यालय बन्द गर्ने घोषणा गरेको छ। नेपाल वैदेशिक रोजगार व्यवसायी संघका महासचिव हिराबहादुर डाँगीले एक विज्ञप्ति निकाल्दै सोमबारबाट वैदेशिक रोजगारीसम्बन्धी सबै सेवा ठप्प पारिने बताएका छन्। भिसा आएर विदेश उड्न ठिक्क परेका श्रमिकलाई समेत सोमबारबाट विदेश पठाइने छैन।विभिन्न १५ बुँदे माग राख्दै आ