काठमाडौं । नागढुंगा–मुग्लिन सडकखण्डअन्तर्गत पृथ्वी राजमार्गको धादिङस्थित गजुरी नजिकै चालिसेमा सुक्खा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । सोमबार बिहान करिब पौने ६ बजे खसेको सुक्खा पहिरोका कारण राजमार्गको दुवैतर्फको यातायात अवरुद्ध भएको धादिङ प्रहरीले जनाएको छ । पहिरो खसेपछि सडक आयोजनाको निर्माणमा प्रयोग भइरहेको डोजरमार्फत पहिरो पन्छाउने काम भइरहेको प्रहरीले जनाएको छ । पहिरो