धादिङ । धादिङको गजुरी गाउँपालिका-२ चालिसे नजिक पहिरो खसेपछि पृथ्वीराजमार्ग अवरुद्ध भएको छ। पहिरोले राजमार्गको दुवैतर्फको आवागमन ठप्प हुँदा यात्रु तथा सवारीसाधन बाटोमै रोकिएका छन्।सोमबार बिहान खसेको पहिरोका कारण राजमार्गमा सवारीसाधनको चाप बढेको छ। पहिरो पन्छाउन जिल्ला ट्राफिक प्रहरीको समन्वयमा डोजर परिचालन गरिएको छ।जिल्ला ट्राफिक प्रहरीका अनुसार अहिले पहिरो हटाउने काम भइरहेको छ।