लुम्बिनीसहित केही प्रदेशमा भारी वर्षाको सम्भावना

  • सोमबार १ भौ २०८३ ०१:४४ AM
काठमाण्डु – देशका केही भूभागमा सोमबार वर्षाको सम्भावना छ। चारवटा प्रदेशका केही स्थानमा भारी वर्षाको समेत सम्भावना छ। जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो लुम्बिनी प्रदेशको तराई भूभागका एकदुई स्थानमा धेरै भारी वर्षाको सम्भावना छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका एकदुई स्थानमा भारी वर्षाको