काठमाण्डु – अविरल वर्षाका कारण आएको बाढी र पहिरोले देशका विभिन्न मुख्य राजमार्ग तथा सडक खण्डहरू ठप्प भएका छन्। नेपाल प्रहरीका अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका दर्जनौँ सडक खण्ड बन्द रहेको जनाएको छ। बागमती प्रदेशअन्तर्गत पृथ्वी लोकमार्गको धादिङस्थित गजुरी गाउँपालिका-२ चालिसेमा भदौ १ गते बिहान ५ : ४५ बजेदेखि बाढीका कारण सडक