भारतीय प्रधानसेनापति सेठलाई आज मानार्थ महारथीको दर्जा प्रदान गरिँदै

  • सोमबार १ भौ २०८३ ०१:५४ AM
भारतीय प्रधानसेनापति जनरल धिरज सेठलाई आज नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गरिँदैछ । राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा आज आयोजना हुने विशेष समारोहमा भारतका स्थल सेनाध्यक्ष सेठलाई मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गर्ने कार्यक्रम छ। प्रधानसेनापति सेठ आइतबार काठमाडौँ आइपुगेका हुन् । नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा तीन दिने औपचारिक भ्रमणमा नेपाल आएका