नेपालमा बढ्दैछ जापानिज इन्सेफ्लाइटिसको जोखिम, ५८ संक्रमित, १६ जनाको मृत्यु

  • सोमबार १ भौ २०८३ १२:३५ AM
काठमाडौँ : नेपालमा जापानिज इन्सेफ्लाइटिस (जेई) सङ्क्रमण फैलिँदै गएको छ। स्वास्थ्य सेवा विभागअन्तर्गत परिवार कल्याण महाशाखाको बालस्वास्थ्य तथा खोप सेवा शाखाले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार सन् २०२६ मा हालसम्म ५८ जनामा जापानिज इन्सेफ्लाइटिस पुष्टि भएको छ।