काठमाडौं : गत शुक्रबार रोल्पाको थवाङ–५ सुलीचौरमा पहिरो जाँदा १० जनाको ज्यान गयो। ३ जना बेपत्ता छन्। २ जना घाइते छन्। उक्त पहिरोबाट १५ जना प्रभावित बनेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। शनिबार पनि जाजरकोटको भेरी–२ मा पहिरोमा परेकाको खोज तथा उद्धार कार्य भइरहेको प्राधिकरणले जनाएको छ। बझाङमा पनि पहिरोले क्षति पुर्याएको प्राधिकरणले जनाएको छ।जल तथा मौसम विज्ञान विभागका अनुसार यतिबेला देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चाप