काठमाडौं : भक्तपुरको बोडेस्थित होल्डिङ सेन्टरमा मृत्यु भएका हिरालाल हजाराको परिवारले सरकारसँग भएको सहमति पुनरावलोकन गरी पुनः लिखित सहमति गर्न माग गरेको छ।हिरालालका छोरा रवि पासवानले शुक्रबार सरकारसँग भएको पाँचबुँदे सहमतिका विषयमा आफूहरू पूर्ण रूपमा जानकार नरहेको र दबाबमा हस्ताक्षर गराइएको दाबी गरेका छन्। उनका अनुसार बुवाको आत्मदाहपछि परिवारमा मानसिक तनाव बढेको र आफू पनि बिरामी अवस्थामा रहेका बेला आफू र पत्नी अञ्जलीकुमारी पासवानलाई पटक–पटक दबाब दिएर सहमतिपत्रमा हस्ताक्षर गराइएको थियो।स