मधेस प्रदेशमा 'काम गर्नेले दाम पाउने' प्रणाली: अब कर्मचारीको कार्यसम्पादनको आधारमा प्रोत्साहन भत्ता

  • आइबार​ ३१ साउन २०८३ १०:१२ PM
बर्दिबास । मधेस प्रदेश सरकारले सरकारी सेवा प्रवाहलाई प्रभावकारी र कर्मचारीलाई जिम्मेवार बनाउन नयाँ अस्त्र प्रयोगमा ल्याएको छ । अब मधेस प्रदेशका कर्मचारीले केवल कार्यालयमा हाजिर भएकै भरमा अतिरिक्त सेवा सुविधा पाउने छैनन् । उनीहरूको  'रिपोर्ट कार्ड' अर्थात् कार्यसम्पादनको अङ्कका आधारमा मात्रै थप भत्ता तय हुनेछ । मधेस प्रदेश सरकारको अर्थ मन्त्रालयले स्वीकृत गरी राजपत्रमा प्रकाशित गरेको 'कार्यसम्पादनमा आधारित प्रोत्साहन भत्ता सम्बन्धी कार्यविधि, २०८३'ले कर्मचारीको कार्यक्षमता वृद्धि र सुशासन कायम गर्न नयाँ मापदण्ड खडा गरेको छ । आर्थिक वर्ष २०८३-०८४ को बजेट वक्तव्यको बुँदा नं १११ लाई कार्यान्वयन गर्न ल्याइएको यो कार्यविधिले 'जसले काम गर्छ, उसले सम्मान र प्रोत्साहन पाउँछ' भन्ने मान्यतालाई स्थापित गर्न खोजेको मधेस प्रदेश सरकारका अर्थमन्त्री युवराज भट्टराईले जानकारी दिए । के हो प्रोत्साहन भत्ताको नयाँ व्यवस्था