काठमाडौँ। नेपाली जनसम्पर्क समिति अमेरिकाको सभापतिमा मुनिन्द्र नेम्वाङ निर्वाचित भएका छन्। १२ वर्षदेखि अधिवेशन हुन नसकेको सम्पर्क समितिले लामो समयपछि नयाँ नेतृत्व पाएको हो। नेम्वाङ २६६ मत पाएर विजयी भए। समितिको वरिष्ठ उपसभापतिमा विनोद भट्ट, उपसभापतिमा हरि पी शर्मा, निमा बोम्जन, सन्जीव श्रेष्ठ, श्रीराम थापा र सुशील खत्री निर्वाचित भएका छन्। प्रमुख निर्वाचन आयुक्त भक्त थापाका अनुसार समितिको महामन्त्रीमा नारायण खनाल र गौतम दाहाल, सहमहामन्त्रीमा अर्जुन बम, अनिता परियार र नारायण पी पोखरेल निर्वाचित भएका छन्। समितिको केन्द्रीय सदस्यमा १६ जना निर्वाचित भएका छन्। जसमा खेमराज बास्तोला, हरि पी