गुल्मीमा दुई महिनादेखि हवाई सेवा प्रभावित

  • आइबार​ ३१ साउन २०८३ ०३:४६ PM
प्रतिकूल मौसमका कारण दुई महिनादेखि गुल्मीको हवाई सेवा अवरुद्ध हुँदै आएको छ । प्रतिकूल मौसम, दिनहुँ बाक्लो कुहिरो लाग्नेलगायत कारणले रेसुंगा विमानस्थलबाट हवाई सेवा नियमित हुन सकेको छैन । रेसुंगा विमानस्थलका स्टेसन प्रमुख सुमन थापाले हवाई सेवा अवरुद्ध हुँदा वृद्ध वृद्धा, बिरामी तथा अत्यावश्यक कामका लागि राजधानीसम्म जाने यात्रु थप समस्यामा परेका जानकारी दिए ।