काठमाण्डु – भारतीय स्थल सेनाध्यक्ष जनरल धिरज सेठ ४ दिने औपचारिक भ्रमणका क्रममा आईतबार काठमाण्डु आइपुगेका छन् । नेपाली सेनाका प्रधानसेनापति जनरल अशोकराज सिग्देलको निमन्त्रणामा जनरल सेठ ५ सदस्यीय प्रतिनिधिमण्डलसहित नेपाल आएका हुन् । जनरल सेठसँग भारतीय सेनाको आर्मी वाइभ्स वेलफेयर एसोसिएसन (एडब्ल्यूडब्ल्यूए) की अध्यक्ष कोमल सेठ पनि नेपाल आएकी छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा