भोलिदेखि ग्यास सिलिन्डर बिक्री सम्बन्धी नयाँ सूचना ! बिक्रेतालाई सम्पर्क गर्न अपिल

  • आइबार​ ३१ साउन २०८३ ०३:१५ PM
काठमाण्डु – नेपाल आयल निगमले खाना पकाउने एलपीजी ग्यासको बिक्री वितरण सम्बन्धी नयाँ सूचना जारी गरेको छ । आईतबार जारी सूचनाअनुसार भोलि भदौ १ गते सोमबारदेखि सम्बन्धित ग्यास उद्योगले नियुक्त गरेका विक्रेताहरूमार्फत नियमित प्रक्रियाअनुसार नै ग्यास बिक्री वितरण हुनेछ । उपभोक्ताहरूलाई आफूलाई पायक पर्ने ग्यास विक्रेताकहाँ सम्पर्क गरी ग्यास खरिद गर्न निगमले अपिल गरेको छ