कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिका–७ मोतिपुरस्थित मोतिपुर प्रगतिशील युवा क्लबको अध्यक्षमा शंकरप्रसाद न्यौपाने पुनः निर्वाचित भएका छन्। शनिबार सम्पन्न क्लबको तेस्रो वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशनले न्यौपानेको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको हो। अधिवेशनबाट उपाध्यक्षमा उदय क्षेत्री, सचिवमा सन्दिप थारु, सहसचिवमा आशिका घर्ती मगर र कोषाध्यक्षमा माधव पौडेल चयन भएका छन्। सदस्यहरूमा