काठमाण्डु – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संस्थापनइतर (देउवा) पक्षको भेलाबारे भोलि सोमबार जवाफ दिने बताएका छन् । राजधानीमा आईतबार आयोजित पुस्तक विमोचन कार्यक्रममा बोल्दै सभापति थापाले गत ३ दिन आफूले अहिलेसम्मकै धेरै निन्दा भएको सुनेको बताए । ‘मैले यो धर्तीमा जन्मेदेखि आजसम्म मेरो जति निन्दा भयो, त्यति गएको ३ दिनमा भएको छ,’ उनले भने