काठमाण्डु – नेपाली कांग्रेसले जाजरकोटको भेरी नगरपालिका–२ रिसाङमा अविरल वर्षापछि गएको पहिरोमा परी ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गर्दै प्रभावित परिवारको तत्काल उद्धार, राहत तथा पुन:स्थापनाको व्यवस्था गर्न सरकारसँग माग गरेको छ । कांग्रेस केन्द्रीय कार्यसमितिको साउन ३१ गते बसेको बैठकले श्रावण ३० गते शनिबार राति गएको पहिरोमा परी जीवन गुमाउनेहरूप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै मृतकका