खोटाङमा स्थानीय तहको सङ्ख्या र सीमा हेरफेरसम्बन्धी छलफल सुरु

  • आइबार​ ३१ साउन २०८३ ०१:४७ PM
खोटाङ । जिल्लामा गाउँपालिका, नगरपालिका तथा वडाको सङ्ख्या र सीमा हेरफेरसम्बन्धी छलफल सुरु भएको छ । गत असार ४ गते नेपाल सरकारको राजपत्रमा प्रकाशित मापदण्डअनुसार जिल्ला समन्वय समितिको पहलमा गाउँपालिका, नगरपालिका र वडाको सङ्ख्या तथा सीमाना हेरफेर, एकापसमा गाभिने र नगरपालिका वर्गीकरणको पुनरावलोकनसम्बन्धी सरोकार भएका निकायसँग छलफल थालिएको हो । जिल्ला समन्वय समितिले साउन ३०