पूर्वाधारमन्त्री लम्साललाई थप उपचारका लागि धनगढीबाट काठमाडौँ लगियो

  • आइबार​ ३१ साउन २०८३ ०२:०५ PM
धनगढी । सुदूरपश्चिम प्रदेशको भ्रमणका क्रममा बिरामी परेका पूर्वाधार विकास मन्त्री सुनील लम्साललाई थप उपचारका लागि धनगढीबाट काठमाडौँ लगिएको छ। मन्त्री लम्साललाई शुक्रवार साँझ नेपाली सेनाको स्काई ट्रकमार्फत काठमाडौँ पठाइएको हो। नेपाल सरकारका निर्माणाधीन आयोजनाहरूको अनुगमनका क्रममा बैतडी पुगेका बेला उनी अचानक अस्वस्थ भएका थिए। स्वास्थ्य अवस्था बिग्रिएपछि नेपाली सेनाको हेलिकप्टरमार्फत आज दिउँसो बैतडीबाट धनगढी