काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता रवीन्द्र मिश्रले राजसंस्था बिना स्थापना हुने ‘हिन्दु राष्ट्र’ नेपालको धर्म, संस्कृति, सभ्यता, सामाजिक सौहार्दता तथा दीर्घकालीन शान्ति र स्थिरताका लागि घातक हुन सक्ने बताएका छन्। सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै मिश्रले ‘राजसंस्था’ हिन्दु राष्ट्रको मूल आधार भएको उल्लेख गरेका छन्। उनले राजसंस्था नभएको हिन्दु राष्ट्रले अन्ततः