‘चिसो चिसो पानी’पछि निर्वाण र कुशको डान्स नम्बर ‘लाली’ सार्वजनिक

  • आइबार​ ३१ साउन २०८३ १२:१६ PM
काठमाण्डु – क्यानडामा बसेर नेपाली संगीतमा सक्रिय एनभी निर्वाण र कुशको नयाँ म्युजिक भिडियो ‘लाली’ सार्वजनिक भएको छ । ‘रियाज म्युजिक’को आधिकारिक युट्युब च्यानलमार्फत गीतको भिडियो दर्शकमाझ ल्याइएको हो । यसअघि ‘चिसो चिसो पानी’ र ‘दिनँ’ जस्ता चर्चित र्ट्याकमा सहकार्य गरिसकेका निर्वाण र कुशले यसपटक भने डान्स र पार्टी फ्लेभरको गीत ‘लाली’ पस्किएका हुन् ।