काठमाडौं । अष्ट्रेलियाको डार्विनमा आयोजना हुने टप एन्ड टी–२० सिरिज खेल्न जाने नेपाल ‘ए’ राष्ट्रिय क्रिकेट टोलीलाई आइतबार काठमाडौंमा बिदाइ गरिएको छ । होटल अमरावतीमा आयोजित बिदाइ कार्यक्रममा टोलीका खेलाडी, प्रशिक्षक तथा क्रिकेटसम्बद्ध व्यक्तिहरूको उपस्थिति रहेको थियो । नेपाल क्रिकेट संघ (क्यान) ले सिरिजका लागि अनिल साहको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको छ ।