वीरगन्ज : पर्साको वीरगन्जबाट प्रहरीले ठूलो परिमाणमा लागूऔषध ब्राउन सुगर (खैरो हेरोइन)सहित 2 युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा पर्साकै पकाहा मैनपुर गाउँपालिका-४ का २४ वर्षीय सम्साद देवान र बिन्दवासनी गाउँपालिका- ५ का २२ वर्षीय सनप्राज शेख रहेका छन्।आइतबार भारतको रक्सौलबाट वीरगन्ज आउँदै गरेको नम्बर प्लेटमा अनटेष्ट लेखिएको मोटरसाइकललाई लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय वीरगन्जबाट खटिएको प्रहरी टोलीले वीरगन्ज महानगरपालिका-१५ स्थित सडकमा रोकेर चेकजाँच गरेको थियो। त्यसक्रममा उक्त मोटरसाइक