काठमाडौं । वाणिज्य बैंकहरूको मुद्दती निक्षेपको ब्याजदर घट्ने क्रमले भदौ महिनामा पनि निरन्तरता पाएको छ । बैंकहरूले भदौका लागि सार्वजनिक गरेको नयाँ ब्याजदरअनुसार व्यक्तिगत तथा संस्थागत दुवै मुद्दती निक्षेपको औसत ब्याजदर साउनको तुलनामा घटेको देखिएको छ । भदौ महिनाका लागि २० वाणिज्य बैंकमध्ये पाँच बैंकले व्यक्तिगत वा संस्थागत मुद्दती निक्षेपको ब्याजदर घटाएका छन् । बाँकी