उपमेयरले आफूलाई मेयर बताएपछि देवाही गोनाही नगरपालिका अस्तव्यस्त

  • आइबार​ ३१ साउन २०८३ ०९:५५ AM
काठमाडौं । रौतहटको देवाही गोनाही नगरपालिका अस्तव्यस्त भएको छ । उपमेयर परनिया देवीले आफूलाई कार्यवाहक मेयर भन्दै कामकारवाही अगाडी बढाउन खोजेपछि स्थानीयले लखेटेका छन् । गत शुक्रबार आफ्नै कार्यालयबाट उपमेयरलाई स्थानीयले लखेटेपछि नगरपालिका झनझन अस्तव्यस्त बन्दै गएको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को घरझगडा तथा पार्टीभित्रको गुटगत आक्रोश पोख्न एमालेबाट निर्वाचित मेयर प्रेमलाल साह कानूलाई निर्वाचन आयोगले पदमुक्त गरेपछि पार्टीको घरझगडा सर्वोच्च अदालतसम्म पुगेको हो । एमालेले निर्वाचित जनप्रतिनिधिलाई नै संविधान र कानून विपरित पदमुक्त गरेपछि न्याय माग्दै मेयर साह सर्वोच्च अदालत पुगेका छन् । सर्वोच्च अदालतमा विचारधिन रहेको र कुनै आदेश ... The post उपमेयरले आफूलाई मेयर बताएपछि देवाही गोनाही नगरपालिका अस्तव्यस्त appeared first on Kalika Khabar.