काठमाण्डु– सरकारले नेपाल कानुन आयोगको संरचना र नेतृत्वमा महत्वपूर्ण परिवर्तन गर्ने गरी नयाँ विधेयक प्रतिनिधि सभामा दर्ता गराएको छ । कानूनमन्त्री सोभिता गौतमले प्रतिनिधिसभामा दर्ता गराएको ‘नेपाल कानुन आयोग ऐन संशोधन विधेयक’ विधेयकको प्रस्तावित व्यवस्थामा कानूनमन्त्री स्वयं आयोगको अध्यक्ष हुने उल्लेख छ । विद्यमान विधेयकमा आयोगको अध्यक्षमा सर्वोच्च अदालतको न्यायाधीशसरह योग्यता पुगेको व्यक्ति रहने व्यवस्था