झापा– एमाले अध्यक्ष केपी ओलीले पार्टीमा आफ्नो विकल्प खोज्न भइरहेका प्रयास सह्य नहुने चेतावनी दिएका छन् । गृहजिल्ला झापाको बिर्तामोडमा आइतबार ‘मिसन जागरण’ अभियानको उदघाटन गर्दै ओलीले आफ्नो विकल्प खोज्नेलाई नछाड्ने चेतावनी दिए । ओलीले आफूलाई अध्यक्षबाट हटाउन हस्ताक्षर अभियान चलाइएकामा आपत्ति जनाए । नेतृत्वप्रति असन्तुष्टि भए पार्टी कमिटीमा राख्नुपर्ने उनको भनाइ थियो । ‘सामाजिक