नागपञ्चमीमा ८३ वर्षीया देवकुमारीको नाग दर्शनको धोको पूरा हुँदै

  • आइबार​ ३१ साउन २०८३ ०९:४९ AM
भक्तपुर । भक्तपुर थालाछेँकी ८४ वर्षीय कृष्णमाया देउपाला निकै हर्षित छिन् । आफ्नै घरआँगनको सयौँ वर्ष पुरानो स्वर्णरङ्गी नागको नागपञ्चमीका दिन दर्शन गर्न पाउने भएपछि उनी दङ्ग भएकी हुन् । भक्तपुर नगरपालिका–१० स्थित नागपोखरीमा हरेक वर्ष नागपञ्चमीका दिन सामान्य रूपमा पूजा हुँदै आएको छ । यस वर्ष करिब २० वर्षपछि विशेष कार्यक्रमसहित नागपञ्चमी मनाउने तयारी