नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफूलाई विगतदेखि नै न्यायालयले न्याय दिँदै आएको र अहिले पनि अदालतकै कारण नेपाल फर्कन सफल भएको बताएका छन्। काठमाडौँको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा आयोजित कांग्रेस इतर समूहको राष्ट्रिय भेलाको बन्दसत्रमा सहभागी भई संक्षिप्त सम्बोधन गर्दै देउवाले विमानस्थलदेखि नै आफूलाई प्राप्त उत्साहजनक समर्थनका लागि कार्यकर्ताहरूलाई धन्यवाद दिए। पछिल्लो समय