काठमाडौं । नेपाल आयल निगमको समन्वयमा राष्ट्रिय क्षयरोग केन्द्र भक्तपुरको ठिमीमा ग्यास वितरण गरिएको छ । निगमका अनुसार आइतबार अत्यावश्यक अवस्थामा रहेका उपभोक्तालाई लक्षित गरी ग्यास बिक्रीको व्यवस्था मिलाइएको हो । ग्यास लिनका लागि उपभोक्ताले नागरिकता वा राष्ट्रिय परिचयपत्र अनिवार्य रूपमा साथमा ल्याउनुपर्नेछ । यस केन्द्रबाट नेपाल ग्यास, एचपी, सूर्य, सगर, एभरेष्ट, सुगम, एचटिसी, त्रिवेणी राजधानी र गिता कम्पनीका ग्यास वितरण गरिएको निगमले जनाएको हो । यस केन्द्रबाट अन्दाजी ३ हजार सिलिण्डरको हाराहारीमा वितरण गरिने नेपाल आयल निगमका सहजकर्ता रामचन्द्र पाण्डेले जानकारी दिए । भक्तपुरको मध्यपुर थिमीमा आइतबार ग्यास वितरण गरिने सूचना ... The post निगमको समन्वयमा राष्ट्रिय क्षयरोग केन्द्र ठिमीबाट ग्यास वितरण appeared first on Kalika Khabar.