काठमाडौँ : नेकपा एमालेले देशका विभिन्न स्थानमा बाढी पहिरोबाट बेपत्ताको खोजी, पीडितलाई राहत तथा उद्धार र अवरुद्ध सडक सञ्चालन कार्य तीव्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले आइतबार विज्ञप्ति जारी गर्दै सरकारको ध्यानाकर्षण गराएका हुन् । ‘हाम्रो पार्टी नेकपा (एमाले) बाढी पहिरोबाट बेपत्ताहरूको खोजी, पीडितहरूको उद्धार, राहत र सडक सञ्चालन कार्यलाई तीव्र पार्न सरकारको गम्भीर ध्यानाकर्षण गराउँछ’, एमालेले भनेको छ, ‘यस कार्यमा स्थानीय तह र सुरक्षाकर्मीहरूसँग समन्वयका साथ जुट्न स्थानीय पार्टी कमिटी र कार्यकर्तालाई आह्वान गर्दछ ।’ पछिल्ला दिनमा जाजरकोट, रोल्पा, बाजुरा‚ कास्की लगायत ... The post बेपत्ताको खोजी र राहत तथा उद्धारमा तीव्रता दिन एमालेको माग appeared first on Kalika Khabar.