काठमाडौं : अरुणाचल प्रदेशको दिबाङ भ्याली जिल्लास्थित पासु पानी क्षेत्रमा आएको आकस्मिक बाढीमा परी भारतीय सेनाका पाँच जना जवान बेपत्ता भएका छन्, भने चार जना मजदुरको मृत्यु भएको छ। शुक्रबार बेलुकी करिब ४:३० बजे अचानक आएको लेदोसहितको बाढीले भारतीय सेनाको एक सैन्य शिविरका दुईवटा आश्रयस्थल बगाएको थियो। बाढीमा परी सेनाका कुल सात जवान बगेकोमा दुई जनालाई सकुशल उद्धार गरिएको छ । बेपत्ता पाँचै जना जवान भारतीय सेनाको ५ औँ ग्रेनेडियर्स बटालियनका हुन्। बेपत्ता हुनेहरूमा उपेन्द्र, कुन्दन, विनोद,