काठमाण्डु– नेपाली कांग्रेसको संस्थापन इतर समूहले पार्टीको आगामी महाधिवेशन निवर्तमान सभापति शेरबहादुर देउवाकै नेतृत्वमा गर्ने निर्णय गरेको छ । आइतबार सम्पन्न राष्ट्रिय सम्मेलनले देउवालाई सभापति स्वीकार गर्दै १५औँ महाधिवेशन उनकै नेतृत्वमा सम्पन्न गर्नेसहित ५ बुँदे प्रस्ताव पारित गरेको हो । सम्मेलनले गत माघमा भएको विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा सभापति रहेको कार्यसमितिलाई अस्वीकार गरेको छ