काठमाण्डु– नेपाली कांग्रेसको संस्थापनइतर समूहको राष्ट्रिय सम्मेलन समापनपछि निर्णय सुनाउने क्रममा पूर्वउपसभापति विमलेन्द्र निधि र नेता प्रकाशशरण महतबीच मञ्चमै भनाभन भएको छ । राष्ट्रिय सम्मेलनबाट पारित ५ बुँदे घोषणापत्र सुनाउने क्रममा नेता महत पोडियममा पुगेका थिए । उनले देउवाको नेतृत्वमा १५औं महाधिवेशन सम्पन्न गर्ने भन्ने निर्णयमा ‘कार्यसमिति’ शब्द थप्न आग्रह गरेपछि निधि मोडियममा पुगे ।