काठमाण्डु– कांग्रेस पूर्वसभापति शेरबहादुर देउवाले आफू हिन्दु भएको स्पष्टोक्ति दिएका छन् । इतर समूहको काठमाण्डुमा भएको दुई दिने भेला समापन समारोहलाई आइतबार सम्बोधन गर्दै देउवाले आफ्नो पारिवारिक संस्कारदेखि धार्मिक आस्थासम्म हिन्दु परम्परासँग जोडिएको बताए । आफ्नो व्रतबन्ध र विवाहसमेत हिन्दु विधिअनुसार भएको उल्लेख गर्दै उनले आफू हिन्दु होइन भनेर भन्नुपर्ने अवस्था नरहेको तर्क गरे ।