काठमाडौँ । नेपाली कांग्रेसका नेता तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको धार्मिक पहिचानका विषयमा बोल्दै आफू व्यक्तिगत रूपमा सनातन हिन्दु धर्मप्रति आस्थावान रहेको बताएका छन् । काठमाडौँको सुकेधारामा आयोजित इतर समूहको ३ दिने राष्ट्रिय भेलाको समापन समारोहमा देउवाले भने, ‘म व्यक्तिगत रूपमा हिन्दु हुँ। मैले हिन्दु परम्पराअनुसार व्रतबन्ध गरेको छु, विवाह गरेको छु। म पशुपति जान्छु र पूजाआजा गर्छु। तर देशमा (धर्मका विषयमा) के हुने वा नहुने भन्ने कुरा जनताको निर्णयमा भर पर्छ। देशमा सबैका लागि धार्मिक स्वतन्त्रता हुनुपर्छ।’ कार्यक्रममा सहभागी एक प्रतिनिधिले ‘हिन्दु राष्ट्र’ बारे धारणा माग्दै बुझाएको पत्रको जवाफ दिँदै देउवाले ... The post म व्यक्तिगत रूपमा हिन्दु धर्म मान्छु, देशमा के हुने भन्ने जनताको कुरा हो : देउवा appeared first on Kalika Khabar.