सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश सरकारले सम्भावित विपद्बाट हुने जनधनको क्षति न्यूनीकरणका लागि पूर्वतयारी र प्रतिकार्य संयन्त्रलाई चुस्त बनाउँदै प्रदेश, जिल्ला, स्थानीय तह तथा सुरक्षा निकायबीच प्रभावकारी समन्वयमा जोड दिएको छ । मुख्यमन्त्री खगराज भट्टले आज प्रदेश विपद् व्यवस्थापन परिषद्को सचिवालयका रूपमा रहेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका अधिकारीसँग प्रदेशको समग्र विपद् जोखिम, सम्भावित जोखिमयुक्त क्षेत्र,