काठमाडौं । काठमाडौंका पुराना गल्लीहरूमा मगमगाएको धुप–कर्पुर र सालको पातमा बेरिएको हरियो दुबो अनि गाईको गोबरको सुवास । भदौ १ गते परेको नागपञ्चमी पर्वको पूर्वसन्ध्यादेखि नै उपत्यकाका ऐतिहासिक चोक, मन्दिरका पाटी–पौवा र आँखीझ्यालका कापहरू नागका बहुरङ्गी तस्बिरहरूले सजिएका छन् । घरको मूलढोकामा नाग टाँसेर वर्षभरि पारिवारिक सुख, शान्ति र दैवी विपत्तिबाट सुरक्षा माग्ने यो परम्परा