काठमाण्डु– नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) मा सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) निकट व्यवसायीले करिब ‘क्लिन स्वीप’ गरेका छन् । नाट्टाको ५९औं वार्षिक साधारणसभाअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि भएको निर्वाचनमा दुई वर्षे कार्यकालका लागि रास्वपा समर्थित भरतजंग अध्यक्षमा विजयी भएका हुन् । शनिबार सम्पन्न मतदानमा कुल ४ सय ५३ मत खसेको थियो