वीरेन्द्रनगर : जाजरकोटका अन्नपूर्णकर्मी राजेन्द्र कार्कीलाई पितृ शोक परेको छ । नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष समेत रहेका कार्कीका बुबा ७० वर्षीय भीमबहादुर कार्की शनिबार राति जाजरकोटको भेरी नगरपालिका–२,चिसापानीमा पहिरोमा परी बेपत्ता भएका थिए। उनको शव आइतबार बिहान नेपाल प्रहरी,सशस्त्र प्रहरी र नेपाली सेनाको संयुक्त उद्धार टोलीले फेला पारेको हो।भीमबहादुर पूर्वशिक्ष र नेपाल किसान महासंघ जाजरकोटका अध्यक्षसमेत समेत हुन्।